बिहिवार, भाद्र ४ २०८३१२:१०:३८
काठमाडौं,
आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार ३०० र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० कायम भएको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ निर्धारण भएको छ ।
हिजो छापावाल सुन प्रतितोला तीन लाख चार हजार १०० र चाँदी प्रतितोला रु चार हजार ५९५ मा कारोबार भएको थियो ।