Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सुनको मूल्य प्रतितोला चार हजार ६ सय रूपैयाँ घट्यो

सुनको मूल्य प्रतितोला चार हजार ६ सय रूपैयाँ घट्यो


  • 1.4K
    SHARES

  • सुनको मूल्य  प्रतितोला चार हजार ६ सय रूपैयाँ घट्यो

    काठमाडौं,

     आज (शुक्रबार) सुन-चाँदीको मूल्य घटेको छ। 

    बिहीबार तोलामा पाँच सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।

    बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

    बिहीबार तोलामा चार हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ६ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९० रूपैयाँ घटेको हो।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार