Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्धारा पद हस्तान्तरण ,शिक्षा, स्वास्थ्य तथा पर्यावरणका क्षेत्रमा काम गर्ने नवनिर्वाचित अध्यक्ष पाण्डेको प्रतिबद्धता

लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्धारा पद हस्तान्तरण ,शिक्षा, स्वास्थ्य तथा पर्यावरणका क्षेत्रमा काम गर्ने नवनिर्वाचित अध्यक्ष पाण्डेको प्रतिबद्धता


  • 1.8K
    SHARES

  • लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्धारा पद हस्तान्तरण  ,शिक्षा, स्वास्थ्य तथा पर्यावरणका क्षेत्रमा काम गर्ने नवनिर्वाचित अध्यक्ष पाण्डेको प्रतिबद्धता

    pra fff.jpgतिलोलत्तमा, 

    लायन्स क्लब अफ तिलोत्तमा स्टार्सको वर्ष २०२६/२०२७ का लागि नयाँ कार्यसमितिको पद हस्तान्तरण  सम्पन्न भएको छ ।

    कार्यक्रममा वर्ष २०२५/२०२६ को कार्यसमितिले नयाँ नेतृत्वलाई क्लबको जिम्मेवारी र ग्याभेल हस्तान्तरण गरेको हो ।

    कार्यक्रममा वर्ष २०२५/२०२६ का अध्यक्ष रमेश पराजुलीले वर्ष २०२६/२०२७ का नवनिर्वाचित अध्यक्ष प्रतीक पाण्डेलाई पद हस्तान्तरण गर्नुभएको थियो ।

    सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष पाण्डेले तिलोत्तमा स्टार्सलाई समाजसेवामा अग्रणी बनाउने र शिक्षा, स्वास्थ्य तथा पर्यावरणका क्षेत्रमा नयाँ उर्जाका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    pp0ff.jpg

    कार्यक्रममा क्लबबाट वर्षभरी गरिएका सामाजिक कार्य र आर्थिक गतिविधिको समीक्षा गर्दै प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए । क्लबका सचिव पिताम्बर खनालले क्लबको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्ष रत्ना रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    एरिया चिफ कृष्ण प्रसाद पाण्डेयको प्रमुख आतिथ्यता, लायन्स अगुवा गोविन्द प्रसाद गिरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पाण्डे र विशिष्ट अतिथि गिरीले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । कार्यक्रममा एरिया कोषाध्यक्ष लक्ष्मी थापा, जोन १६ को चेयरपर्सन बीना पौडेल क्षेत्री लगायतले बोल्नुभएको थियो ।


    रत्ना रिजालको स्वागत तथा क्लबको कार्यक्रम वर्ष २०२५/०२६ का सचिव पिताम्बर खनाल र वर्ष २०२६/२०२७ का सचिव नारायण अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार