Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

साउनको पहिलो सोमबार , देशभरका शिवालयहरूमा भक्तजनको बिहानैदेखि भिड

साउनको पहिलो सोमबार , देशभरका शिवालयहरूमा भक्तजनको बिहानैदेखि भिड


  • 1.9K
    SHARES

  • साउनको पहिलो सोमबार , देशभरका शिवालयहरूमा भक्तजनको बिहानैदेखि  भिड

    काठमाडौं.

    हिन्दु धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको बिहानैदेखि ठूलो भिड लागेको छ।

    भगवान् शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ।

    सनातन कालदेखि नै साउनको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा रहँदै आएको छ।

    साउनको सोमबार श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने शास्त्रीय विश्वास छ।

    धर्मशास्त्रमा यो महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि अत्यन्त शुभ समय मानिएको छ।

    साउन महिना भगवान् शिवलाई प्रिय हुनुको धार्मिक विश्वास समुद्रमन्थनसँग जोडिएको छ।

    sibaff.jpg

    पुराणअनुसार देवता र दानवहरूले अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा सबैभन्दा पहिले कालकूट (हालाहल) विष निस्किएको थियो। त्यस विषको प्रभावले सम्पूर्ण सृष्टि सङ्कटमा परेपछि भगवान् शिवले लोक कल्याणका लागि उक्त विष ग्रहण गरेका थिए, जुन समय साउन महिना थियो। विषको ताप कम गर्न देवताहरूले शिवलाई निरन्तर जल अर्पण गरेका थिए र यही घटनाको स्मरणमा साउनभर शिवलिङ्गमा जलाभिषेक गर्ने परम्परा सुरु भएको हो।

    चन्द्रमा शीतलता, मन र शान्तिको प्रतीक मानिने भएकाले सोमबार शिवको पूजा गर्दा मन शान्त हुने, मानसिक तनाव कम हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास छ।

    विशेषगरी साउनको सोमबारलाई अन्य महिनाको सोमबारभन्दा अझ बढी फलदायी मानिन्छ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार