Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

नेपाल राष्ट्रबैंकद्धारा आर्थिक वर्ष २०८३।८४ का लागि मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्रबैंकद्धारा आर्थिक वर्ष २०८३।८४ का लागि मौद्रिक नीति सार्वजनिक


  • 709
    SHARES

  • नेपाल राष्ट्रबैंकद्धारा आर्थिक वर्ष २०८३।८४ का लागि मौद्रिक नीति सार्वजनिक

    काठमाडौँ ,

     नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८३।८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।

    राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको मौद्रिक नीतिले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

    सरकारले अघि सारेका आर्थिक सुधार, निजी क्षेत्रको लगानीमैत्री वातावरण, पुँजीगत खर्चमा सुधार तथा बाह्य आर्थिक अवस्था अनुकूल रहेमा लक्ष्य हासिल गर्न सकिने राष्ट्रबैंकले जनाएको छ। राष्ट्रबैंकले आगामी वर्ष मुद्रास्फीति ५.५ प्रतिशतभित्र सीमित रहने प्रक्षेपण गरेको छ।

    बाह्य आपूर्तिजन्य समस्याका कारण पेट्रोलियम पदार्थ तथा खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीतिमा केही समय दबाब भए पनि आगामी आर्थिक वर्षको चौथो त्रयमासदेखि मूल्यवृद्धि नियन्त्रण हुने राष्ट्रबैंकले जनाएको छ।

    राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा औसत मुद्रास्फीति २.६६ प्रतिशत रहेको रहेको थियो तर वैशाखसम्म वार्षिक बिन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ। आगामी केही महिना मूल्यवृद्धिको दबाब कायम रहने मौद्रिक नीतिमा उल्लेख छ।

    विदेशी विनिमय सञ्चिति सहज अवस्थामा रहेको र आर्थिक अवस्था सकारात्मक रहेकाले लचिलो मौद्रिक नीति ल्याएको राष्ट्रबैंकले जनाएको छ।

    राष्ट्रबैंकका अनुसार न्यून लागतको अर्थतन्त्र कायम राख्दै निजी क्षेत्रको मनोबल उच्च बनाउन लचिलो मौद्रिक नीति ल्याइएको हो।

    मौद्रिक नीतिमा ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर स्थायी निक्षेप सुविधा दर एवम् बैंकदरलाई यथावत् राखिएको छ।

    मौद्रिक नीतिले बैंकिङ प्रणालीमा रहेको पर्याप्त तरलता र न्यून ब्याजदरले आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने राष्ट्रबैंकले जनाएको छ। 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार