Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित

आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित


  • 577
    SHARES

  • आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित

    काठमाडौँ ,

    बजेटको सबैभन्दा महत्त्वपूर्ण अङ्गको रूपमा रहेको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । 

    बिहीबार १३ वटा निकायको विनियोजनमाथि छलफल सकिएसँगै उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।

    यसअघि सबै सांसदहरूले राखेका मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव अस्वीकृत भएको थियो ।

    योसँगै सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट खर्च गर्न पाउने भएको छ ।

    यद्यपि यसअघि उक्त विधेयक राष्ट्रियसभामा छलफल भई राष्ट्रपतिबाट प्रमाणीकरण भने हुनु पर्नेछ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार