Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको घोषणा

आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको घोषणा


  • 373
    SHARES

  • आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको घोषणा

    काठमाडौँ ,

    सरकारले आगामी आर्थिक वर्षको लागि २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै बजेट २१ खर्ब २४ अर्ब ३४ करोड हुने जानकारी दिए ।

    जसमा पुँजीगततर्फ चार खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ चार खर्ब २२ अर्ब विनियोजन गरिएको छ । राजस्व १४ खर्ब ४ अर्ब, अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब हुने वाग्लेले जानकारी दिए । जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब हुनेछ ।

    बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गर्दै कार्यसम्पादनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ।यससँगै कर्मचारीको न्यूनतम तलब ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि कायम हुने भएको छ।सामाजिक सुरक्षातर्फ १ खर्ब २० अर्ब विनियोजन गर्दै सरकारले दलित बालबालिकालाई पोषण भत्ता दिएको छ। यस्तै, महिलाहरूको सहजताका लागि ुब्लु बसु सञ्चालन गर्ने र नर्सिङ कर्मचारीहरूको रात्रि भत्ता दोब्बर बनाउने घोषणा समेत गरिएको छ।
    पूर्वाधार विकासतर्फ काठमाडौं–तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड विनियोजन गरिएको छ भने विद्युतीय सवारी साधनमा अब क्षमताको आधारमा नभई मूल्यका आधारमा भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ।शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब र स्वास्थ्यमा नेपाल औषधी लिमिटेडलाई २५ प्रकारका औषधी उत्पादन गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ। प्रशासनिक सुधारका लागि १८ मन्त्रालयको अवधारणालाई कडाइका साथ लागू गर्दै डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावासहरू खारेज गर्ने  निर्णय समेत बजेटले लिएको छ।खेलकुदको विकासका लागि ५ वर्षभित्र ५ वटा क्रिकेट रङ्गशाला निर्माण गर्ने र रेमिट्यान्स पठाउनेहरूका लागि चिठ्ठा कार्यक्रम सञ्चालन गर्ने जस्ता नवीन कार्यक्रमहरूले यस पटकको बजेटलाई विशेष बनाएको छ।

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार