Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

 आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अपराह्न ४:०० बजे प्रस्तुत गर्दै 

 आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अपराह्न ४:०० बजे प्रस्तुत गर्दै 


  • 1.6K
    SHARES

  •  आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले  अपराह्न ४:०० बजे प्रस्तुत गर्दै 

    काठमाडौँ ,

    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै  छन्।

    गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले बजेट प्रस्तुत गर्दैछ।

    सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिनुभएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई बजेटको केन्द्रमा राखिएको छ।

    गणतन्त्र दिवसको दिन आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्ने छन्।

    नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अपराह्न ४:०० बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

    यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ तय गरेको थियो।

    यसैबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे जानकारी गराएका छन्।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार