Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आगामी आर्थिक वर्षको बजेट शुक्रबार दिउँसो ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गर्ने

आगामी आर्थिक वर्षको बजेट शुक्रबार दिउँसो ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गर्ने


  • 697
    SHARES

  • आगामी आर्थिक वर्षको बजेट  शुक्रबार दिउँसो ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गर्ने

    काठमाडौं,

    आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुने शुक्रबारको संयुक्त बैठकको तयारी पूरा गरेको  संघीय संसद् सचिवालयले जनाएकोे छ ।

    सिंहदरबारस्थित नयाँ र निर्माणाधीन संसद् भवनमा हाल प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा शुक्रबार दिउँसो ४ बजे संयुक्त बैठक राखिएको छ ।

    सोही बैठकमा प्रतिनिधिसभा निर्वाचनपछिको नयाँ सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेस गर्नेछन् ।
    प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई सो समय अगावै स्थान ग्रहण गर्न सूचित गरिएको छ ।

    संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ भवनको प्रतिनिधिसभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि हालसम्म ‘फिनिसिङ’ कार्य पूरा नभएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुति हुन लागेको बताए । 

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार