बुधवार, जेठ ६ २०८३१२:२४:२१
काठमाडौं,
आज सुन-चाँदीको मूल्य घटेको छ।
मंगलबार तोलामा पाँच सय रूपैयाँ बढेको सुन आज प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।
आज तोलामा चार हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो।