Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आजदेखि बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन शुरु 

आजदेखि बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन शुरु 


  • 1.4K
    SHARES

  • आजदेखि बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन शुरु 

    बुटवल ,

     नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन शुरु भएको  छ ।

    बुटवल उद्योग वाणिज्य संघको सभाहलमा ३ दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट विभिन्न जिल्लाका महासंघ प्रतिनिधि, केन्द्रीय नेताहरु, विभिन्न पत्रकार सम्बद्ध संघ(संगठनका अध्यक्षहरु, राष्ट्रिय स्तरका तथा मोफसलमा रहेका सञ्चार माध्यमहरुमा लामो समय अनुभव प्राप्त व्यक्तित्वहरुको सहभागिता रहेको महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।

    सम्मेलनमा विभिन्न ९ वटा विषयमा समुहगत छलफल प्यानल डिस्कसन जारी रहेको छ । जस अन्तरगत पहिलो दिन आज ३ वटा र दोस्रो दिन ६ वटा विषयमा समुहगत छलफल भएको सचिव सीपी खनालले जानकारी दिए । 
    तेस्रो दिन देशभरबाट सहभागी प्रतिनिधिहरु बीच प्रदेशगत रुपमा पत्रकारिताको विगत, वर्तमान र भविष्य बारे चुनौतिसहित अवसर बारेमा छलफल गरि निश्कर्ष निकालिने कार्यतालिका रहेको उनले बताए ।

    सम्मेलनमा रुपन्देही बाहिरबाट एक सय जना बढी प्रतिनिधिहरुो जिल्लामा रहेका पत्रकार तथा विभिन्न संघ(संस्थाका प्रतिनिधिहरुसहित ३ सय बढीको सहभागिता  भएको उपाध्यक्ष विश्वास ढकालले जानकारी दिए । 
    विभिन्न जिल्ला तथा सातै प्रदेशका महासंघ प्रतिनिधिहरु, केन्द्रीय पदाधिकारी तथा विभिन्न सञ्चार गृहका प्रतिनिधिहरु बीच छलफल हुने सम्मेलन वैशाख २८ गते बुटवल घोषणापत्र जारी गर्दै समापन हुनेछ । सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलको संयोजकत्वमा गठन गरिएको समितिले घोषणापत्र लेखन गर्नेछ ।    

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार