बिहिवार, बैशाख २४ २०८३१२:११:३८
काठमाडौं ,
आज सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा एक हजार ८०० र चाँदी १०५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ९८ हजार ६०० रुपैयाँ कायम छ ।
चाँदीको मूल्य तोलाको पाँच हजार १५५ रुपैयाँ कायम भएको छ ।
बुधबार (वैशाख २३) छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।