शुक्रवार, बैशाख १८ २०८३११:०९:५९
काठमाडौं
आज सुन-चाँदीको मूल्य बढेको छ।
बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन हजार चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार प्रतितोला चार हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।