Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ घट्यो


  • 1.3K
    SHARES

  • सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ घट्यो

    काठमाडौं ,

    आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ घटेको छ ।

    छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ५०० मा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदी तोलामा १०० रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन पाँच हजार ४५ रुपैयाँ रहेको प्रतितोला चाँदीको मूल्य घटेर चार हजार ९४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार