शुक्रवार, बैशाख ११ २०८३०१:५१:११
काठमाडौँ .
आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० र चाँदी ७५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ५०० रहेको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँ थियो।
चाँदीको मूल्य चार हजार ९४५ कायम भएको छ । बुधबार पाँच हजार २० मा कारोबार भएको थियो ।