बिहिवार, बैशाख १० २०८३०१:३५:१५
काठमाडौँ .
आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु ११० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ७०० र चाँदीको मूल्य रु पाँच हजार २० कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख पाँच हजार र चाँदीको मूल्य रु पाँच हजार १३० मा कारोबार भएको थियो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology