आइतवार, चैत्र २९ २०८२०१:४१:००
काठमाडौं,
आज सुन-चाँदीको मूल्य सामान्य बढेको छ।
सुनको मूल्य आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि सामान्य बढेको छ।
शुक्रबार प्रतितोला चार हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।