Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट


  • 1.1K
    SHARES

  • अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट

    काठमाडौँ ,

    इरान र अमेरिकाबिच युद्धविरामको सम्झौता भएसँगै बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेसँगै इरानमाथि भएको आक्रमणपछि बन्द जस्तै रहेको होर्मुज जलमार्ग खुल्ने भएपछि अमेरिकी कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारल ९६.३१ डलर र ब्रेन्ट क्रुडको मूल्य १३ प्रतिशतले ओरालो लागेर ९५.३६ डलरमा झरेको छ ।

     निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त हुने नयाँ मूल्य सूचीको प्रतीक्षा गरिरहेको छ । आगामी १५ तारिख बेलुका आउने नयाँ मूल्यले मात्र नेपालमा इन्धनको भाउ कता जान्छ भन्ने निर्धारण गर्नेछ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार