Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यमबहादुर जीसी निर्वाचित,

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यमबहादुर जीसी निर्वाचित,


  • 1.4K
    SHARES

  • पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यमबहादुर जीसी निर्वाचित,

    बुटवल,

    पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको १४ औं अधिवेशनबाट अध्यक्षमा यमबहादुर जीसी निर्वाचित भएका छन्।

    शनिबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गणेश घिमिरे, खुल्ला उपाध्यक्षमा डिल्ली रिजाल र महासचिवमा वसन्त खड्का विजयी भएका हुन् ।

    २५ औं साधारण सभा तथा १४ औं अधिवेशनबाट नयां नेतृत्व सर्वसम्वत हुन नसकेपछि निर्वाचन भएको थियो । अध्यक्ष जीसीले २७४ मत प्राप्त गरी विजयी भएका छन्, उनका प्रतिष्पर्दी पंकज राईले २२६ मत र अध्यक्ष पदका अर्का प्रतिष्पर्दी प्रतापबहादुर कार्कीले १६८ मत प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त महेन्द्र पाण्डेले जानकारी गराए  ।वष्ठि उपाध्यक्षमा गणेश घिमिरेले सबैले भन्दा बढी ४४९ मत प्राप्त गरी विजय भएका छन् ।

    खुल्ला उपाध्यक्षमा डिल्लीराम रिजालले ४१७ प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्ष गुल्मी, पाल्पा र स्याङ्जा सेक्टरमा रिज केसीले ३८०, काठमाण्डौ उपाध्यक्ष युवराज पन्थले ४१० मत प्राप्त गरी विजयी बनेका छन् ।
    सचिवमा ढुण्डीराम गैरेले ४०१ र कोषाध्यक्षमा काशिनाथ पोखरेलले ३७८ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा किशोर पंगेनीले ४३२, खिमप्रसाद भुसालले ३९०, खेमलाल पौडेलले ३७०, प्रदीप पन्थीले सर्वाधिक ४४८ प्रेम विक ३२६, विकास अग्रहरी ३३२, विकास शर्मा आचार्य ३२०, बेलबहादुर ३७५, भोजराज भुसाल ३४० र सुरज गुप्ताले ३१३ मत प्राप्त गरी विजयी भएका छन् ।

    यस अघि रुपन्देही उपाध्यक्ष बसन्ती आले र राजकुमार लामा, उपाध्यक्ष नवलपरासी कृष्णबहादुर कंडेल, उपाध्यष कपिलवस्तु, अर्घाखांची उन्वल केसी, उपाध्यक्ष नवलपुर पर्शुराम भण्डारी रामु निर्विरोध निर्वाचित भएका थिए ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार