बिहिवार, चैत्र १९ २०८२०१:०२:०९
काठमाडौं ,
आज सुनको मूल्य घटेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ३ हजार ६०० सय रुपैयाँले घटेको हो ।
आजका लागि प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७८० रुपैयाँ कायम भएको छ ।
हिजो चार हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।