Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

बुटवलमा आजदेखि २४ गतेसम्म ‘बुटवल महामेला’ आयोजना शुरु

बुटवलमा आजदेखि २४ गतेसम्म ‘बुटवल महामेला’ आयोजना शुरु


  • 2.8K
    SHARES

  • बुटवलमा आजदेखि २४ गतेसम्म ‘बुटवल महामेला’ आयोजना शुरु

    बुटवल ,

    बुटवलमा आजदेखि २४ गतेसम्म ‘बुटवल महामेला’ आयोजना शुरु भएको  छ ।

    फर्वार्ड नेपाल मल्टिप्रपोज कम्पनीको आयोजनामा  देवीनगरस्थित रंगशालामा मेला शुरु भएको हो ।

    फर्वार्ड नेपाल मल्टिप्रपोज कम्पनीका अध्यक्ष गोविन्द भुसालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मेलाले यस क्षेत्रको आर्थिक चलायमान गराउन सहयोग पुग्ने साथै मेलामा हुने विभिन्न प्रस्तुतिले संरक्षण हुने भन्दै युवाहरुको अग्रसरतामा आयोजनामा भएको मेलाको शुभकामना दिदै मेलाले दिने संदेशले बुटवलको समेत गरिमा बढ्ने भन्दै सचेत भई सम्पन्न गर्न सुझाव दिनु भयो ।

    mee3ff.jpg

    कार्यक्रममा बुटवल नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री , नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेय, टोलविकास संस्थाका प्रतिनिधि, आमा समुह, ब्यवसायी, पत्रकार समाजसेवी  लगायत स्थानीयको सहभागीता  रहेको थियो भने रयालीमा सहभागीलाई पुरस्कारले सम्मान गरिने आयोजकले जनाएका छन।

    साथै मेलामा जलपरी कपल डान्स, बुर्ज खलिफा शैलीको आकर्षण, लुम्बिनीको प्रतिमासहितको विशेष सचिवालय लगायतका विभिन्न आकर्षणहरू राखिने कम्पनीका अध्यक्ष गोविन्द भुषालले जानकारी दिए ।

    आयोजकका अनुसार मेला मनोरञ्जनसँगै व्यापारिक गतिविधि प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    mee2ff.jpg

     बुटवल उपमहानगरपालिका संरक्षक रहेको मेलामा हरेक दिन राष्ट्रिय र स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहनुका साथै  मेलामा आकर्षणको रुपमा बुज्र खफिफा, सिंहदरबार, धरहरा, बुद्ध मुर्तीलगायत लुम्बिनीको झल्को दिनेगरी सचिवालय निर्माण गरिने अध्यक्ष भुसालले बताए । मेलामा विभिन्न प्रकारका १ सय २० वटा स्टल रहनेछन् । यस्तै मेला अवधिभर करिब ५ लाख दर्शक आउने र १ करोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष भुसालले जानकारी दिए ।

     मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । मेलामा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने  अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार