शुक्रवार, फाल्गुण २९ २०८२११:१७:२६
काठमाडौं ,
आज सुन तोलामा २ हजार ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदी तोलामा २० रुपैयाँले घटेसँगै प्रतितोला ५ हजार ४९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो।