Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

देशका केही ठाउँमा  आज  चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना

देशका केही ठाउँमा  आज  चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना


  • 1.4K
    SHARES

  • देशका केही ठाउँमा   आज  चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना

    , काठमाडौं ,

     साधारणतया बादल लाग्ने पूर्वानुमान गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज  देशका केही ठाउँमा  चट्याङ्सहित हल्का वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ । 

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति पनि केही ठाउँमा हल्का वर्षा र हिमपात हुने पूरुवानुमान गरिएको छ ।

     कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार