Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घट्यो


  • 469
    SHARES

  • सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घट्यो

    काठमाडौँ 

    आज सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

    अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस अनुसार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको हो।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ रहेको थियो।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार