Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

रामेछापमा निर्वाचन टोली लिएर जाँदै गरेको मिनी ट्रक दुर्घटना, मृत्यु हुने प्रहरी र मतदान अधिकृत

रामेछापमा निर्वाचन टोली लिएर जाँदै गरेको मिनी ट्रक दुर्घटना, मृत्यु हुने प्रहरी र मतदान अधिकृत


  • 1.4K
    SHARES

  • रामेछापमा निर्वाचन टोली लिएर जाँदै गरेको मिनी ट्रक  दुर्घटना, मृत्यु हुने प्रहरी र मतदान अधिकृत

    रामेछाप ,

    रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। 

    यही फागुन २१ मा हुने निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक आज दिउँसो दुर्घटनामा परेको थियो। दुर्घटनामा एक जनाको घटनास्थलमा र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

    घटनास्थलमै मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक आरपी यादव र साघुटार वडा कार्यालय ‘ख’ मतदान केन्द्रमा निर्वाचन अधिकृतका रूपमा खटिएका रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशवसिं धामीले जानकारी दिए।

    दुर्घटनामा सात जना घाइते भएका छन्।


    गाडी सडकबाट करिब २०० मिटरभन्दा तल खसेको  थियो।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार