सोमवार, फाल्गुण १८ २०८२१२:२४:५४
काठमाडौँ,
आज काठमाडौँ लगायत पहाडी क्षेत्रमा होली मनाइँदैछ।
यसपालि फागुन २१ गते निर्वाचन परेकाले अघिल्लो वर्षहरूमा जस्तो रौनक भने देखिएको छैन।
प्रशासनले पनि यसपालि ठूलो समूह बाँधेर भन्दा घरमै होली मनाउन अनुरोध गरेको छ।
धेरै मानिसहरू चुनावी प्रचारप्रसारमा व्यस्त रहेकाले पनि अघिल्लो वर्षजस्तो उत्साह देखिएको छैन।
यद्यपि बसन्तुपुरमा बिहानैदेखि होली खेल्न सुरू भएको छ।
भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।