Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढ्यो


  • 493
    SHARES

  • सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढ्यो

     काठमाडौं 

    आज सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो ।

    मध्यपूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । यसअघि माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार २० रुपैयाँ कायम भएको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार