Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आइसिसी टी-२० विश्वकप २०२६ को समूह चरणको अन्तिम खेल आज

आइसिसी टी-२० विश्वकप २०२६ को समूह चरणको अन्तिम खेल आज


  • 625
    SHARES

  • आइसिसी टी-२० विश्वकप २०२६ को समूह चरणको अन्तिम खेल आज

      काठमाडौं,     

    आइसिसी टी-२० विश्वकप २०२६ को समूह चरणको अन्तिम खेल आज हुँदैछ।

    समूह ‘बी’को अन्तिम खेलमा अस्ट्रेलिया र ओमानबीच खेल हुँदैछ। दुवै टोली समूहचरणबाटै बाहिरिएकाले यो खेल औपचारिकतामै सीमित हुनेछ। 

    चार समूहका शीर्ष दुई दुई टोलीले सुपर-८ मा स्थान बनाएका छन्।  सुरुका चारवटा समूहबाट उत्कृष्ट दुई-दुई टोलीहरू छानिएर 'सुपर ८' मा पुगेका हुन्। यी ८ टोलीलाई फेरि दुईवटा समूह (समूह १ र समूह २) मा बाँडिएको छ। 

    सुपर ८ मा प्रत्येक टोलीले आफ्नो समूहका अरू टोलीहरूसँग एक-एक खेल खेल्नेछन्।

    आफ्नो समूहमा शीर्ष दुई स्थानमा पर्ने टोलीहरू सेमिफाइनलमा पुग्नेछन्।

    सुपर ८ को पहिलो खेल कोलम्बोमा पाकिस्तान र न्युजिल्याण्डबीच शनिबार हुनेछ।

    यो खेल श्रीलंकाको कोलम्बोमा हुनेछ। साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीचको खेल आइतबार अहमदाबादमा हुनेछ।

    दुवै समूहका उत्कृष्ट दुई टोलीहरूबीच मार्च ४ र ५ तारिखमा सेमिफाइनल खेल हुनेछन्।

    विश्वकपको अन्तिम उपाधिका लागि मार्च ८ मा आइतबार फाइनल खेल हुनेछ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार