शुक्रवार, फाल्गुण १ २०८२०२:२८:०४
काठमाडौं ,
पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका थिए ।
उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकले स्कर्टिङ सहित निर्मल निवास पुर्याएका छन् ।
शुक्रबार (फागुन १) झापाबाट हेलिकप्टरमा काठमाडौं फर्किएका शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न दुर्गा प्रसाईंसहित ठूलो संख्यामा समर्थक पुगेका थिए ।
उनीहरूले शाहलाई निर्मल निवास नै पुर्याएका हुन् ।