बुधवार, माघ २८ २०८२११:३०:४२
काठमाडौं,
आज (बुधबार) सुनको मूल्य प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँ पुगेको छ।
मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।
मंगलबार तोलामा पाँच हजार दुई सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार दुई सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।