आइतवार, माघ २५ २०८२११:२८:१४
काठमाडौं ,
सुनचाँदीको मुल्य आज बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको तोलाको ९ हजार ५ सयले बढेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन तोलाको २ लाख ९१ हजारमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ३०० रुपैयाँले बढेर तोलाको ५०१० मा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार चाँदी तोलाको ४७१० मा कारोबार भएको थियो।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology