Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

बुटवलको सिद्धार्थ कटेजमा तीन दिन मोमो महोत्सव आयोजना हुने

बुटवलको सिद्धार्थ कटेजमा तीन दिन मोमो महोत्सव आयोजना हुने


  • 1.4K
    SHARES

  • बुटवलको सिद्धार्थ कटेजमा  तीन दिन मोमो महोत्सव आयोजना हुने

    बुटवल ,

    बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको छ ।

     हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ कटेज बुटवलले नेपालमा लोकप्रिय खाद्य परिकारको रुपमा रहेको मोमोको प्रवद्र्धन गर्ने उद्देश्यले ‘भ्यालेन्टाइन डे’ को अवसरमा मोमोे महोत्सव गर्न लागेको हो ।

    शनिबार पत्रकार सम्मेलन गरी सञ्चालक तथा क्षेत्रीय प्रवन्धक महेन्द्र न्यौपानेले माघ २९ गतेदेखि फागुन २ गतेसम्म तीन दिन मोमो महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

    mo m2222.jpg

    महोत्सवमा २ सय भन्दा बढी प्रकारका मोमो परिकारहरूको स्वाद लिन पाइने सिद्धार्थ कटेजका कुलिनरी डाइरेक्टर एलबी कौशलले जानकारी दिए । उनका अनुसार महोत्सवमा लुम्बिनी प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू पनि राखिने छ । महोत्सवमा  ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको मोमोको स्वाद दिन सक्नेछन् ।

    तीन दिनसम्म सञ्चालन हुने मोमो महोत्सवमा पहिलो र दोस्रो दिन सांस्कृतिक नृत्य, लाइभ ब्याण्ड तथा कलाकारहरूको प्रस्तुति रहनेछ भने तेस्रो तथा अन्तिम दिन विशेष सांगीतिक कार्यक्रम, लाइभ ब्याण्ड तथा ‘मोमो मेकिङ एन्ड कुकिङ कम्पिटिसन’ र ‘मोमो इटिङ कम्पिटिसन’ आयोजना गरिने सिद्धार्थ कटेजका अपरेसन म्यानेजर पदम न्यौपानेले जानकारी दिए ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार