बिहिवार, माघ २२ २०८२१२:०५:२०
काठमाडौं,
आज सुनचाँदीको मूल्य घटेको छ।
बुधबार प्रतितोला १४ हजार चार सय रूपैयाँ बढेको सुनको मूल्य आज तोलामा नौ हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रूपैयाँ पुगेको छ।
बुधबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।बुधबार तोलामा पाँच हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology