मंगलवार, माघ ६ २०८२११:२५:४६
काठमाडौं ,
आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८८० रुपैयाँ पुगेको छ ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology