Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

एक तोला सुनको मूल्य रु दुई लाख ७७ हजार ८००

एक तोला सुनको मूल्य रु दुई लाख ७७ हजार ८००


  • 2.0K
    SHARES

  • एक तोला  सुनको मूल्य रु दुई लाख ७७ हजार ८००

    काठमाडौं ,

              सुनको मूल्य निरन्तर बढिरहेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मूल्य  रु पाँच हजार ६२५ निर्धारण भएको छ। 

    गत बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ७६ हजार ५०० र शुक्रबार रु दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियो भने बिहीबार  एक तोला चाँदी पाँच  हजार ४८५ र शुक्रबार पाँच हजार ६४५मा कारोबार भएको थियो।

    अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासङ्घले जनाएको छ। 


    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार