Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

बगनासकाली पाल्पा रुपन्देही एकता समाजको बार्षिक कार्यशाला योजना बैठक,आर्थिक ,सामाजिक, सांस्कृतिक विकासमा जोड

बगनासकाली पाल्पा रुपन्देही एकता समाजको बार्षिक कार्यशाला योजना बैठक,आर्थिक ,सामाजिक, सांस्कृतिक विकासमा जोड


  • 6.4K
    SHARES

  • बगनासकाली पाल्पा रुपन्देही एकता समाजको बार्षिक कार्यशाला योजना बैठक,आर्थिक ,सामाजिक, सांस्कृतिक विकासमा जोड


    बुटवल
    बगनासकाली पाल्पा रुपन्देही एकता समाजको बार्षिक कार्यशाला योजना बैठक सम्पन्न भएको छ।

    bpa0ff.jpg

     समाजका अध्यक्ष कोशल भण्डारीको अध्यक्षतामा पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटमा  कार्यशाला योजना बैठक सम्पन्न भएको हो ।
    बार्षिक कार्ययोजना बैठकमा कार्यसमिति , सल्लाहकार, लेखा समिति र उपसमितिका सदस्यहरुको उपस्थित रहेको थियो।

    bp111ff.jpg
    कार्यक्रममा बार्षिक रुपमा गरिने  कार्यक्रमको रूपरेखा सर्वसम्मत पारित गरिएको थियो ।

    विभिन्न उपसमिति सदस्य विस्तार उपसमिति, राहत कोष उपसमिति , शिक्षा उपसमिति, सांस्कृतिक उपसमिति, भवन अध्यायन तथा निर्माण उपसमिति, स्वास्थ्य उपसमिति  महिला तथा युवा परिचालन  उपसमितिले प्रस्तुत गर्नु भएका सम्पुर्ण वार्षिक कार्यक्रमहरु माथि छलफल सहित सर्वसम्मत पारित गरिएको थियो।

    bpa6fff.jpg

     गत मंसिर ६ गते सम्पन्न दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिले  कार्ययोजना बैठक आयोजना गरेको थियो।

    bpqq1fff.jpg
    सल्लाहकारको विशेष सल्लाह सहित उपसमितिबाट प्रस्तुत एजेण्डालाई  छलफल सहित पारित एजेण्डालाई हुबहु कार्यान्वयन गरिने गरी अगाडि बढ्ने संस्थाका महासचिव हिमलाल न्यौपानेले जानकारी दिनुभयो। 
     निवर्तमान अध्यक्ष कोशल बस्यालको संयोजकत्वमा भवन निर्माण अध्ययन उपसमिति गठन भएको छ। 

    bpa7ff.jpg
    वरिष्ठ उपाध्यक्ष भरत गैरेको संयोजकत्वमा  राहत तथा उद्धार उपसमिति, महासचिव हिमलाल न्यौपानेले संयोजकत्वमा शिक्षा उपसमिति, उपाध्यक्ष रुपा बस्यालको संयोजकत्वमा महिला तथा युवा परिचालन उपसमिति, उपाध्यक्ष महेश खांचाको संयोजकत्वमा सदस्य विस्तार उपसमिति, कविता बस्यालको संयोजकत्वमा सांस्कृतिक उपसमिति, सदस्य एकादेब बस्याल को संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन भएको छ।

    bxxff.jpg

     संस्थाका सल्लाहकार  होमराज बस्याल,तिल प्रसाद भट्टरार्ई,जीवलाल बस्याल, गिरिराज गैरे, टंक गैरे, गणेश प्रसाद अधिकारी, कृष्ण प्र अर्याल, कृष्ण प्र बस्याल, वसन्त थापा , रुक्मिणी देवकोटा प्रेस सलाहकार चण्डी बस्याल लगायत ४६ जनाको   उपस्थिति थियो। 

    bpqq2fff.jpg
    सामाजिक, आर्थिक , सांस्कृतिक एबम् भाइचारा कायम गर्न आयोजित कार्यक्रम एतिहासिक रहेको सहभागी कार्यक्रम सचिव नारायण बस्यालले बताउनुभयो ।

    bpa4fff.jpg
     बैठकको सञ्चालन संस्थाका महासचिव हिमलाल न्यौपानेले गर्नु भएको थियो भने  धन्यवाद सहित बैठकको समापन  कार्यक्रम संयोजक महेश खम्चाले गर्नुभएको थियो।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार