शुक्रवार, पौष २५ २०८२०९:१९:१३
बुटवल ,
लायन्स इन्टरनेशनका संस्थापक जोन मेल्विन को १४७ औं जन्मदिनको अवसरमा लायन्स क्लब बुटवल चौतारीको बुटवल १५ उजेलापुर स्थित लुम्बिनी अपाङ्ग दृष्टिविहीन तथा अनाथ आश्रम मा आश्रित ३२ जनालाई एक दिनको भोजन तथा आश्रित १५ विद्यार्थी लाई आबस्यक स्कूल जुत्ता र झोला वितरण गरेको छ ।
लायन्स क्लब अफ बुटवल चौतारीका अध्यक्ष ला. हिमलाल न्यौपानेको अध्यक्षता र डिष्ट्रिक्ट ३२५ p नेपालका distict Secretariate एडभाइजर माधव खनालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष mjf ला. लुकाराज न्यौपाने, पूर्व अध्यक्ष हरु GET coordinator mjf ला एकादेब बस्याल, डिष्ट्रिक्ट चिफ ला. कृष्ण शर्मा पोख्रेल , जोन chairperson ला. रामजी नेपाल , रिजन chairpersons ला. विष्णु काफ्ले ,लायन्स क्लब अफ वुटवल तिनाउ का अध्यक्ष ला अनन्त न्यौपाने लगायत ले क्लबले गरको यो सेवामुलक कार्यको प्रशंसा गर्नुभयो।
हामी सेवा गर्छौं भन्ने मुल भावनाका साथ जोन MELVIN ले स्थापना गर्नुभएको लायन्स क्लब उहाको जन्मोत्सव को अवसर पारी रिजन १५ अन्तर्गत का सात वटा क्लबले सप्ताहब्यापी कार्यक्रम गरिरहेको छ यो हप्ता चलेको सेवामुलक कार्यक्रम विभिन्न क्लबहरुले आगामी सोमबार सम्म नै कार्यक्रम हरु गर्ने प्रमुख अतिथि माधव खाना जुले बताउनुभयो।
आश्रममा रहेका दृष्टिविहीन र अपाङ्ग तथा अनाथलाई सेवा गर्न पाउँदा सारै खुसी व्यक्त गर्दै संस्थापक अध्यक्ष mjf ला. लूकराज न्यौपाने ले अरुलाई पनि यस्ता सहयोग को लागि अनुरोध गर्नुभयो।
कार्यक्रममा आश्रममा आश्रित हरुलाई एक दिनको खाना र विद्यार्थीको आवश्यकतानुसार १५ जोर जुत्ता र स्कूल ब्याग हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको आयोजना गर्नुभएकोमा आश्रम का संरक्षक लीलाराम रोका मगर धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रम को सञ्चालन क्लबका प्रथम उपाध्यक्ष ला. विमल अधिकारले गर्नुभएको थियो भने स्वागत ला. लक्ष्मण घिमिरेले गर्नुभएको थियो ।
क्लबका कोषाध्यक्ष ला. मधुकर घिमिरेको संयोजकत्वमा भएको कार्यक्रममा अध्यक्ष ला. हिमलाल न्यौपानेले कार्यक्रम सफल पार्न क्लबका साथीहरुले गर्नुभएको आर्थिक एबम् नैतिक सहयोग प्रति आभार व्यक्त गर्नुभएको थियो।