Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

सुन  तोलामा ३ हजार १ सय रुपैयाँले बढ्यो

सुन  तोलामा ३ हजार १ सय रुपैयाँले बढ्यो


  • 2.2K
    SHARES

  • सुन  तोलामा ३ हजार १ सय रुपैयाँले   बढ्यो

     काठमाडौं,

    सुनको भाउ  मंगलबार  तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै मूल्य बढ्दा नेपाली बजारमा प्रभाव परिरहेको छ । अघिल्लो दिन नेपाली बजारमा सुन तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको थियो ।

    चाँदीको भाउ पनि बढेको छ । प्रतितोला १९५ रुपैयाँले चाँदी बढेर आज ४ हजार ८८० रुपैयाँ कायम भएको छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार