Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यू लम्बियो

वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यू लम्बियो


  • 1.6K
    SHARES

  • वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यू  लम्बियो

    वीरगञ्ज,

     जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको कर्फ्यू लम्ब्याएको छ।

    मंगलबार बिहान ८ बजेसम्म रहेको कफ्र्यू दिउँसो १ बजेसम्म थप गरिएको हो।

    दुई धार्मिक समुदायबीच तनाव बढेपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेका थिए।
     
    वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने जारी कर्फ्यू आदेशमा उल्लेख छ ।

    धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा प्रदर्शनका कारण वीरगञ्ज अशान्त बनेको हो।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार