Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने


  • 649
    SHARES

  • नेपाल राष्ट्र बैंकले  २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

    काठमाडौं ,

    नेपाल राष्ट्र बैंकले एक वर्षे अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । 

    राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ग’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागेको हो । 

    यसको बोलकबोल आइतबार (पुस २०) मध्याह्न २ बजेसम्म अनलाइन  मार्फत हुने बताइएको छ । 

    राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । 

    यसको सावाँ आगामी २०८३ पुस २० गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ । 

    बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । 

    बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । 
     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार