Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

श्री क्रियाशिल सामाजिक उद्यमी सहकारी संस्थाको साधारण सभा सम्पन्न,लगानीको दायरा बढाउन  जोड

श्री क्रियाशिल सामाजिक उद्यमी सहकारी संस्थाको साधारण सभा सम्पन्न,लगानीको दायरा बढाउन  जोड


  • 3.9K
    SHARES

  • श्री क्रियाशिल सामाजिक उद्यमी सहकारी संस्थाको साधारण सभा सम्पन्न,लगानीको दायरा बढाउन  जोड

    बुटवल,

    रुपन्दहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा  रहेको श्री क्रियाशिल सामाजिक उद्यमी सहकारी संस्थाको नवौ साधारण सभा सम्पन्न भएको छ ।

    kpn1fff.jpg

    शनिबार श्री क्रियाशिल सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष प्रकाश कुमार नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य तथा नेपाली कांग्रेस प्रमुख सचेतक जमुना ढकालले बोल्दै सहकारीले स्वदेशमा रोजगार सिर्जना गर्न भुमिका खेलेको भन्दै सहकारीहरुको सिद्धान्त ऐनकानुन अनुसार संचालनका लागी शेयर सदस्य, संचालकहरु सचेत हुनुपर्ने बताउनु भयो ।

    kpn2fff.jpg

    कार्यक्रममा सल्लाहकारहरु चिरञ्जीवी जोशी,डा,ओमप्रकाश अर्याल,जयप्रकाश भट्रटराई, ग्लोबल सहकारीका उपाध्यक्ष ठानेश्वर बस्याल,बाटिका सहकारी अध्यक्ष तथा पत्रकार कमला पाण्डेय लगायतले बोल्दै सहकारीले एउटै ब्यक्तिलाई धेरै दिनुभन्दा पनि लगानीको दायरा बढाउदै उत्पादनशील क्षेत्रमा जोड दिदै उद्यमी बनाउनु पर्ने सुझाव दिनुभयो ।kpn3ff.jpg

    कार्यक्रममा सहकारीका अध्यक्ष प्रकाश कुमार नेपालले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष अमर बहादुर खत्रीले कोषाध्यक्षको प्रतिवेदन,लेखा सुपरिवेक्षणको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक मुक्ति प्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

    kpn4ff.jpg

    कार्यक्रमको संचालन सचिव कृष्ण कुमार रेग्मीले र स्वागत उपाध्यक्ष लता खड्काले गर्नु भएको थियो । kpn6ff.jpg

    कार्यक्रममा सहकारीका ब्यवस्थापक विनय आचार्यलाई सम्मान गरिएको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार