Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

बुटवलमा जारी कृषि, प्रविधि तथा पर्यटन महोत्सव प्रदर्शनीको आज समापन

बुटवलमा जारी कृषि, प्रविधि तथा पर्यटन महोत्सव प्रदर्शनीको आज समापन


  • 1.8K
    SHARES

  • बुटवलमा जारी   कृषि, प्रविधि तथा पर्यटन महोत्सव प्रदर्शनीको आज  समापन

    बुटवल 

    बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनी आज औपचारिक रुपमा समापन हुदै  छ ।

    समापन कार्यक्रममा  प्रदर्शनी अवधिमा विभिन्न क्षेत्रका उत्कृष्टहरुलाई सम्मान गरिनेअध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो । 

    समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ शुरु गरिएको यो प्रदर्शनीमा नेपालमा मात्रै उत्पादन भएका वस्तुहरुको प्रदर्शनी तथा बिक्री गरिएको थियो । 

    प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन ख्याती प्रप्त राष्ट्रिय तथा यस क्षेत्रका कलाकारहरु, लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका प्रतियोगिताहरु समेटिएको सांस्कृतिक समितिका सयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो ।

    प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिएको सचिव अशोक कुँवरले बताउनुभयो ।

    ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरुमा ३९ जिल्लाबाट सहभागिता रहेको  प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो ।

    स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएकोमा अन्तिम दिनसम्म त्यो लक्ष्यमा पुग्न सकिने अपेक्षा राखेको कोषाध्यक्ष विशाल वेलबासे जानकारी दिनुभयो । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार