मंगलवार, पौष १५ २०८२१२:४१:४५
काठमाडौं ,
सुनचाँदीको भाउमा आज भारी गिरावट आएको छ। आज सुन तोलामा ७ हजार ९०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ।
सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, मंगलबार चाँदी तोलामा ३०५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology