Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो

तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो


  • 709
    SHARES

  • तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो

    काठमाडौँ ,

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

     तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशका तराई भूभागमा मध्यान्न सम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ ।

    आज दिउसो  पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    तराई भूभागमा दिउसो पनि हुस्सु तथा कुहिरो रहनेछ ।  राति पनि यही सिलसिला रहनेछ ।

    देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार