बुधवार, पौष ९ २०८२१२:४२:४०
काठमाण्डौ ,
सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।
आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि हिजो सुनको मुल्य तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि अहिलेसम्मकै उच्च भएको छ ।
चाँदी आज एकैदिन मुल्यमा एक सय ६५ रुपैयाँले बढेर तोलाको चार हजार चार सय २० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको मुल्य तोलाको चार हजार दुई सय ५५ रुपैयाँ थियो ।