सोमवार, पौष ७ २०८२०५:०८:२३
बुटवल,
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा रहेको संसार बचत तथा ऋण सहकारीको १३औ साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले पदम प्रसाद न्यौपानेको अध्यक्षतामा नयां नेतृत्व निर्विरोध चयन भएको हो।
जस अनुसार अध्यक्षमा पदमप्रसाद न्यौपाने, उपाध्यक्ष सुशील पाण्डे ,सचिव ईश्वरा देवकोटा ,कोषाध्यक्ष सुरेश पोखरेल सदस्यमा दीपक ढकाल, भेषराज अर्याल, अम्बिका भारती रोक्का, बिमल अधिकारी, र गौरी अधिकारी निर्वाचित हुनुभएको हो ।

यसैगरी लेखा समिति संयोजकमा कमल गौतम,सदस्य जगनारायण अर्याल र सुशीला घर्ती चयन हुनुभएको छ ।
निर्वाचन मण्डलमा संयोजक नारायण बेलबासे ,विष्णुप्रसाद वस्ती, दीपक भट्टराई रहनुभएको थियो ।

निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सञ्चालक साथीहरु लेखा समिति ,उपसमिति,सल्लाहकार व्यवस्थापक कर्मचारी , शेयर सदस्यहरू सम्पूर्णलाई धन्यवाद दिदै नवनिर्वाचित अध्यक्ष पदम प्रसाद न्यौपानेले सहकारीलाई नमुना बनाउन जोड दिने र सहकारीको मर्म अनुसार उत्पादनशील ,बिभिन्न किसिमका तालिम लगायत रोजगारमुलक काममा जोड दिने साथै सल्लाहकार ,शेयर सदस्यहरुको सल्लाह सुझाव अनुसार अगाडी बढ्ने बताउनुभयो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology