Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आनन्दवन शंकरनगर खानेपानीद्धारा निःशुल्क फलफूलका बिरुवा वितरण ,हरियाली प्रवर्द्धनसंगै आम्दानी गर्न सकिने नगर प्रमुख  प्रमुख खाँण

आनन्दवन शंकरनगर खानेपानीद्धारा निःशुल्क फलफूलका बिरुवा वितरण ,हरियाली प्रवर्द्धनसंगै आम्दानी गर्न सकिने नगर प्रमुख  प्रमुख खाँण


  • 2.2K
    SHARES

  • आनन्दवन शंकरनगर खानेपानीद्धारा  निःशुल्क फलफूलका बिरुवा वितरण ,हरियाली प्रवर्द्धनसंगै आम्दानी  गर्न सकिने  नगर प्रमुख   प्रमुख खाँण

    तिलोत्तमा ,

     आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले निःशुल्क फलफूलका बिरुवा वितरण गरेको छ । 

    ap0ff.jpg
    संस्थाले शनिबार एक औपचारिक कार्यक्रम गरि  आफ्नो कार्यक्षेत्रभित्र रहेका करिब १० हजार उपभोक्तालाई आँपको बिरुवा निःशुल्क वितरण गरेको हो।

    ap2fff.jpg

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमाको हरियाली प्रवर्द्धनको अभियान सफल गराउन खानेपानी संस्थाले खेलेको भुमिकाको  प्रशंसा गर्नुभएको छ  । 

    ap3ff.jpg
     प्रमुख खाँणले हरियाली प्रवर्द्धनसंगै फलफुलको बिरुवाबाट आम्दानी पनि गर्न सकिने भन्दै रुख बूढो हुदाँ पनि इन्धनका रुपमा प्रयोग गर्न सकिने हुनाले पनि यसतर्फ तिलोत्तमाबासीको ध्यान जानुपर्ने बताउनुभयो । 

    ap4ff.jpg
    कार्यक्रममा संस्थाका सल्लाहकार धुर्वकुमार धितालले खानेपानी संस्थाले सामाजिक उत्तरदायित्वसंगै  वातावरण संरक्षणका लागि महत्वपूर्ण सन्देशदिएको बताउनुभयो। ap5ff.jpg
    संस्थाका अध्यक्ष किशोर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष क्षेत्रीले खानेपानी संस्थाले  वातावरण संरक्षण र उपभोक्ता हितलाई केन्द्रमा राखेर कार्य गर्दै आइरहेको भन्दै  यसरी नै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    ap6fff.jpg
     कार्यक्रममा संस्थाका उपाध्यक्ष तामनाथ पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक  नवराज न्यौपानेले गर्नुभएको थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार