Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

राष्ट्रिय कर दिवसको अवसरमा बढी कर तिर्ने कम्पनी तथा व्यक्तिलाई सम्मान

राष्ट्रिय कर दिवसको अवसरमा बढी कर तिर्ने कम्पनी तथा व्यक्तिलाई सम्मान


  • 1.9K
    SHARES

  • राष्ट्रिय कर दिवसको अवसरमा बढी कर तिर्ने  कम्पनी तथा व्यक्तिलाई  सम्मान

    काठमाडौँ , 

    राष्ट्रिय कर दिवस २०८२ अवसरमा सरकारले राष्ट्रिय कर दिवसको अवसरमा बढी कर तिर्ने विभिन्न १६ कम्पनी तथा व्यक्तिलाई सोमबार सम्मान गरेको छ ।

    कर दिवसको अवसरमा काठमाडौंमा भएको विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्मानित व्यक्ति तथा कम्पनीका प्रतिनिधिलाई सम्मान गरेका थिए ।

    वस्तु व्यापारतर्फ लगातार चार वर्षदेखि बढी कर तिर्नेको सूचीमा भाटभटेनी परेको छ । 

    ak2.jpg
    व्यक्तिगततर्फ राजबहादुर शाहले सबैभन्दा बढी कर तिरेका छन् । उनलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

    सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सरकारी स्वामित्वको दूरसञ्चार प्राधिकरण रहेको छ । 

    एकलौटी फर्महरुमध्ये थर्ड आई इन्टरनेशनल, वस्तु निर्माणको कारोबारमा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालिलाई पनि सम्मान गरिएको छ ।

    सूचना प्रविधिमा बढी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रालि रहेको छ भने कृषि एवम् पशु पंक्षीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म प्रालि रहेको छ । बैंकतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्येमा नोबेल मेडिकल कलेज टिचिङ अस्पताल परेको छ ।

    पर्यटन व्यवसायमा सोल्टी होटल रहेको छ ।

    विशेष समारोहमा वार्षिक कारोबार रकम ५० करोड रुपैयाँभन्दा बढी र सय करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएस एन्ड क्लियिरिङ हाउसलाई सम्मान गरिएको थियो ।
    रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमा आईएमई समूह रहेको थियो ।

    विशेष उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा युनिलिभर नेपाल  लिमिटेड रहेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार