Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

सुनको मूल्य  घट्यो,प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ

सुनको मूल्य  घट्यो,प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ


  • 2.0K
    SHARES

  • सुनको मूल्य   घट्यो,प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ

    काठमाडौं ,

    बुधबार सुनको मूल्य  प्रतितोला ११ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुनको मूल्य तोलामा १४ सय रुपैयाँ घटेको थियो ।

    दुई दिनमा सुनको मूल्य २५ सय घटेको छ । त्यस्तै रेकर्ड मूल्यबाट सुनको मूल्य तोलामा २० हजार ८ सय रुपैयाँ घटिसकेको छ ।

    असोज ३१ गते सुनको मूल्यले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

    चाँदीको मूल्य पनि बुधबार २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ । चाँदी रेकर्ड मूल्यबाट तोलामा ३६० रुपैयाँ घटेको छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार