Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

जिफन्ट नेपालका उपाध्यक्ष कमल गौतमको निधन

जिफन्ट नेपालका उपाध्यक्ष कमल गौतमको निधन


  • 2.4K
    SHARES

  • जिफन्ट नेपालका उपाध्यक्ष कमल गौतमको निधन

    , बुटवल ,

    नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको  निधन  भएको छ ।

    भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए ।

    उनलाई  मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए ।

     धर्ना कार्यक्रममा  उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार